https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २४ गते ।
महाेत्तरीकाे मटिहानीमा अति विपन्न तथा दलित परिवारलाई जनही १ वटाका दरले ग्याँस सिलिण्डर र चुल्हो सेट निःशुल्क रुपमा वितरण गरिएको छ । शनिबार राम माविको प्रागणमा आयोजित एक कार्यक्रमकाबिच नगरपालिकाभरिका २ हजार घर परिवारलाई ग्याँस सिलिण्डर र चुल्हो प्रदान गरिएको हो ।

उक्त कार्यक्रमको शुभारम्भ महोत्तरी क्षेत्र नं.३ का प्रतिनिधीसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले विशेष रुपमा पहल गरेपछि सो सामग्री प्रदान गरिएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ । सुशीला ठाकुर मेमोरियल हेल्थ फाउंडेशनलाई सिलिण्डर र चुलो भारत सरकारको साना विकास परियोजना अन्तर्गत प्राप्त भएको थियो । सुशीला ठाकुर मेमोरियल हेल्थ फाउंडेशन धनुषा मार्फत प्राप्त भएको सिलिण्डर र भारत सरकारको साना विकास परियोजना अन्र्तगत प्राप्त भएको चुल्हो वितरण गरिएका हुन् ।

सुशीला ठाकुर हेल्थ मेमोरियल फाउंडेशन धनुषाका अध्यक्ष डा. मिनाक्षी ठाकुरका अनुसार यसप्रकारका सहयोगले नेपाल र भारतबीचमा रहेको पारिवारिक, सांस्कृतिक एवम् धार्मिक सम्बन्धलाई थप प्रगाढ पुर्याएको बताईन् । उनले भनिन्, ‘मेरो मुख्य उद्देश्य नै दलित र अति विपन्न परिवारहरूको आर्थिक, सामाजिक रुपमा उत्थान गर्नु हो । यसप्रकारको सहयोगले स्थानिय महिलाहरूको स्वास्थ्यमा सुधार हुनुका साथै खाना पकाउन समयको पनि बचत हुनेछ ।’

महिटानीका मेयर हरि प्रसाद मंडलले भारत सरकारको सहयोगले नेपाली जनतालाई दैनिकी जीवनयापन गर्नका लागि थप मद्दत पुगेको छ । यस्ता सहयोगले नगरले लिएको धुवा धुलोमुक्त क्षेत्र घोषणा कार्यक्रमलाई थप सहयोग पुग्नेमा मेयर मण्डलले जोड दिएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार