मुकेश झा
सर्लाही, चैत २६ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० बेला खैरा बजारमा रहेको मधु जेनरल स्टोरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । जेनरल स्टोरमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीयहरुको अनुमान छ ।
गए राति जेनर स्टोरमा आगलागी हुदा चामल, दाल, भुजा प्याकेट, चाउचाउ, सावुन, रेडबुल, बियर तथा नगद रकम सहित विभिन्न किराना सामग्री जलेर नष्ट भएको समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिनुभएको छ ।

जेनर स्टोरमा आगलागी हुदा सुविधा बचत तथा ऋण सहकारी संस्था मलंगवा शाखामा ऋण फुकुवा गर्न र एन आई सी एसिया बैंकको सावा र ब्याज तिर्न राखिएको नगद रु ८ लाख, चियापती २४ किलो, भुजा १५ बोरा, चुरोट १ काटुन, फ्रिज, खाने तेलको प्याकेट २ सय ६५ लिटर, चकलेट १० हजार बराबरको, मैदा २ बोरा, दाल १ बोरा, पेपरको बोरा लगायतका सामग्री जलेर नष्ट भएको ईश्वरपुर नगरपालिका वडा नं ९ बस्ने मधु जेनरल स्टोरका संचालक राम भरोश महतोले दावी गर्नुभयो ।

