सर्लाही, चैत २९ गते ।
मलंगवाबाट पेस्तोलमा प्रयोग हुने ५३ राउण्ड गोली फेला परेको छ । सर्लाहीको सदरमुकाम मलंगवा– ८ गोरखकालीमा मोटरसाइकल ग्यारेजको अगाडिबाट सो गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षका विजय महतोले सञ्चालन गरेको भोले बाबा अटो पार्ट्स एण्ड विजय रिपेरिङ सेन्टर अगाडि खाली ठाउँमा कवाडी सामान भएको ठाउँमा केएफ ७.६५ लेखिएको गोली बरामद भएको हो ।
माटोमुनि करिब ७ ईन्च खाल्डो खनि गरगहना राख्ने सानो ब्यागमा गाडेर राखेको अवस्थामा गोली बरामद गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।


