https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ३ गते ।  
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले पालिका र वडाहरु बाट प्रदान गर्ने सम्पूर्ण सेवाहरु जनताको घरदैलोमै पुर्याउने उद्देश्यले आज देखि एकीकृत घुम्ती सेवा प्रारम्भ गरेको छ ।यसैबीच सो सेवा आज वडा नम्बर ५ (पाँच) को गोबरौरामा एक कार्यक्रमबिच मटिहानी नगरपालिका प्रमुख मेयर हरि प्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यसैगरी मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वडा र पालिकाको सेवा एकीकृत रुपमा जनतासामु पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भन्नुभयो । बैशाख ३ गते देखि प्रारम्भ भएको सो सेवा पालिकाका ९ वटै वडाहरुमा सञ्चालन गरिने कुरा पालिकाले जनाएको छ ।

घुम्ती शिविरमा योजना सम्बन्धि अभिमुखीकरण,योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिनेछ ।

वड़ा नं.५ का वड़ा अध्यक्ष मिश्री नायकको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका उप-प्रमुख मंजु देवी साह, वडा नं. १, ६, ७ र ८ का वड़ा अध्यक्षहरु क्रमशः शिवशंकर कुमार राय, कलीम अंसारी, जितनारायन माझी, रितेश साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वड़ा सदस्यहरु, वड़ा सचिवहरु, कुशेश्वर यादव, किशोरी महतो, प्रकाश नायक, पंचेश्वर यादव, संतोष नायक लगायतका स्थानीयहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार