https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, बैशाख ३ गते ।  
जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।

आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका-६ मा मादक पदार्थ खाएका युवाहरूको समूहले साहमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।

आक्रमणबाट साहसँगै उनका कामदार राजेन्द्र महतो, रवि पासवान र निकेश साह पनि घाइते भएका छन् ।

लाठी प्रहारबाट साहको टाउकोमा गहिरो चोट लागेको छ। उनको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको छ । हाल उनको अवस्था सामान्य रहेको छ ।

राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको एसपी सिंहले बताए ।

कुटपिटमा संलग्न भएको आरोपमा हरिपुर-६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् ।

उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको एसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार