https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
मधेश प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरण कार्यक्रमको नाममा व्यापक आर्थिक अनियमितता भएको कारण अधुरो देखिन्छ ।

मधेश प्रदेशका पुर्व मुख्य मंत्रीद्वारा बिरगंज महानगर पालिका वडा नं.१६ अन्तर्गत रहेको नगवा पोखरीलाई सौन्दर्य कारणको बहानामा मधेश प्रदेशका मंत्री तथा नगवा पोखरीका ठेकेदार सिंहासन साह कलवार र पुर्व मुख्यमन्त्रीको मिलोमतोमा भ्रष्टाचार गरेको कारण पोखरी बन्न सकेको छैन ।

पुर्व मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्रस्थित नगवा पोखरी, मुरली पोखरी, लक्ष्मणवा पोखरी र निचुटा पोखरीको सौन्दर्यीकरणका लागि बजेट छुटयाएका थिए तर उक्त बजेटमा करोडौँ रुपैयाँको अनियमितता भएको सो प्रतिवेदनमा स्वयं महालेखा परिक्षक आफ्नो प्रतिबेदनमा उल्लेख गरेको थियो ।

अहिले बजेटको अभावले गर्दा ठेकेदार फरार भएपछि सबै पोखरीको सौन्दर्यकरणको काम लथालिङ्ग अवस्थामा रहेको छ । पहिलेको अवधीमा बनाइएको पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएका छन् । सौन्दर्यकरण गरिनुपर्ने सबै पोखरी कुनै जानकारी नगराई ठेकेदारले मनपरि गरेको स्थानीयहरुको गुनासो रहेको छ ।

नगवा पोखरीमा जुन कुराको जरुरी नै छैन हात्ती र देखवटी माछाको त्यो सब बनाएर ठेकेदार फरार भएका छन ।

अहिले अधिकान्श पोखरीमा काममा ढिलासुस्ती, हेलचक्राइ तथा कमसल सामाग्रीहरुको प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा ठेकेदार कम्पनी माथि कार्वाही हुनुपर्ने स्थानीयहरुको माग छ । बनाइएका सम्पुर्ण भौतिक संरचनाहरु केहि महिना नबित्दै भत्किन थालेकाले निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार