https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

प्रदीप कुमार दास  
रौतहट, बैशाख ९ गते ।
माण्डवी सँस्थाले रौतहट जिल्लाका ६ वटा नगरपालिकाका निर्वाचित महिला कार्यपालिका सदस्यहरुलाई ३ दिने एडभान्स मोडयूल प्रशिक्षण कार्यक्रम चपुरको गौतम होटेलको सभा हलमा सम्पन्न भएको छ ।

माण्डवी सँस्थाको आयोजनामा मधेश प्रदेशका ५ जिल्लाका २८ वटा नगरपालिका तथा गाँउपालिकाका महिला कार्यपालिका सदस्यहरुलाई यो प्रशिक्षण कार्यक्रम दिईदै छ । यस सँस्थाले विगत वर्ष देखि नै महिला नेतृत्व परियोजना अन्तर्गत विभिन्न किसिमका मोडयूलहरुमा निर्वाचित महिला सदस्यहरुलाई प्रशिक्षण दिदै आइरहेको छ । IFES सँस्थाको प्राविधिक सहयोग रहेको यस परियोजना अन्तर्गत प्रशिक्षण कार्यक्रममा रौतहट जिल्लाको गौर, गरुडा, चन्द्रपुर, बौधीमाई, गढीमाई र वृन्दावन नगरपालिका गरी करिव २६ जना महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको  थियो ।

कार्यक्रमको उदघाटन सत्रमा गढीमाई नगरपालिकाकी उप प्रमुख स्मिता यादव तथा वृन्दावन नगरपालिकाकी उप प्रमुख संगिता रामको उपस्थिती रहेको थियो । लैङ्गिक समानता र सामाजिक समावेशीकरण सुशासनका महत्त्वपूर्ण पक्षहरू, महिला विरुद्धको हिंसा (VAW) र राजनीति र चुनावमा जलवायु परिवर्तन जस्ता दुई महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिने सो कार्यक्रमको मुख्य उदेश्य रहेको कार्यक्रम अधिकृत सुविन्द्र दासले जानकारी गराउनु भयो ।

प्रशिक्षण कार्यक्रम ०७ बैशाख देखि ०९ गते सम्म रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा अवस्थित गौतम होटलको सभा हलमा भव्यताका साथ सु-सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार