https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, बैशाख १५ गते ।
नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व पर्राष्ट्रमन्त्री नारायण प्रकाश साउदले आज बिरगंजको आदर्शनगर स्थित होटल लडस दयालुमा नेपाल प्रेस युनियन पर्सा द्वारा  आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागि भएर आफ्नो मन्तव्य राखेका छन ।

उक्त पत्रकार समेलनमा उनले नेपाली जनताको आशा र भरोसा अहिले पनि नेपाली कांग्रेस पार्टी प्रती नै रहेको बताएका छन । स्थानीय तहमा नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी रहेर प्रभवकारी तरिकाले कृयाशिल रहेको बताएका छन । त्यस्तै प्रदेशहरुमा ५ ओटा प्रदेशमा नेपाली कांग्रेस ठूलो पार्टीको रुपमा रहेको तथा केन्द्रमा पनि सबभन्दा ठूलो पार्टीको हैसियत रहेकोले देशको राजनीतिमा निर्णायक र महत्त्वपूर्ण कार्यहरूमा नेपाली कांग्रेस लाई दरकिनार गरेर देश्को विकास हुन नसक्ने बताएका छन ।

नेपाल नेपाली कांग्रेस जहिले पनि देशमा स्वच्छता र पारदर्शताको हिसाबले काम गर्दै आएकोले अहिले गृहमन्त्री बारे सहकारी  सम्बन्धि जुन आरोप लागेको छ त्यस्को छानबिन सरकारी समिति  बाट नभएर संसदीय समिति बनाएर गराउनु पर्ने उनले माग गरेका छन ।

आज निर्वाचन आयोग द्वारा इलाम र बझाङमा भइ रहेको चुनाव  बारे बोल्दै उनले नेपाली कांग्रेसका उमेदवारले जित्ने बताएका छन । नेपाली कांग्रेसको नेतृत्वमा देशमा संविधान लागू भएको र संविधानलाई कार्यान्वयन गर्न नेपाली कांग्रेस जिम्मेवार भएर लागि परेको बताए ।  नेपाली कांग्रेसको नेतृत्वमा देशमा दुई दुईवटा चुनाव भएको र नेपाली कांग्रेस हारे पनि जिते पनि देशको लागि सधैं काम गर्दै आइरहेको बताए ।

आज भएको पत्रकार समेलन प्रेस युनियन पर्साका सभापति विजय चौहानको सभापतित्वमा सम्पन्न भएको थियो भने सो समेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचीव  इम्तियाज आलम, प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार