https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, बैशाख १७ गते ।  
नेपाल रेडक्रस साेसाइटी महाेत्तरीद्वारा कठुधारका अग्नि पिडितहरुलाई राहत वितरण गरेको छ । गाैशाला नगरपालिका २ स्थित कठुधार पश्चिम टाेलका अग्नि पिडितहरुलाई नेपाल रेडक्रस साेसाइटी महाेत्तरीद्वारा राहत सामाग्री वितरण गरेको हाे ।

साेमबार नेपाल रेडक्रस साेसाइटी महाेत्तरीका उप-शाखा गाैशालाद्वारा अग्नि पिडित सदाम धुनिया र निजकाे भाई मन्सुर नदाफलाई त्रिपाल – १ पिस, कम्बल २ पिस, भाडा वर्तन १ सेट, सारी १ पिस, धाेती १ पिस, Suiting cloth-3.5 mtr, Printed cloth-7 mtr, Plain cloth-2 mtr, Terri-cotton cloth-4 mtr, Water bucket-1 pc, Nylon rope-10mtr – १ pc, Plastic packaging bag-1 pc लगायतको राहत सामाग्रीहरु हस्तान्तरण गरेको गाैशाला उप-शाखाका सभापति दिनेश महताेले जनाए ।

आईतबार दिउँसो पाैने २ बजे कठुधार पश्चिम टोल बस्ने सदाम धुनियाको एक तल्ले कच्ची घर माथी टालोको छानो भएको घरमा दाउराले बाल्ने चुल्हामा रहेको आगो बाट आगलागी भएको थियो । आगलागीबाट सदाम धुनियाको एक तल्ले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको थियोे  । जसमा घर, अन्नपात, भाडाकुडा, लत्ताकपडा, महत्त्वपूर्ण कागजात, गरगहना लगायत नगद ५० हजार सहित जम्मा करिब ९ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक यादवले जनाए ।

त्यसैगरी निजको भाई मन्सुर नदाफको एक तल्ले कच्ची घर माथी टालोको छानो भएको घर मात्र आंशिक रुपमा जलेको छ अन्दाजी २० हजार बराबरको क्षति भएका छन् । अर्का क्यूम नदाफको १० (दश) कठाको परालको टालो अन्दाजी ५० हजार मुल्य बराबरको पराल जलेर पूर्ण रुपमा नष्ट भएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार