पवन प्रसादसाह
बिरगंज, जेष्ठ ८ गते ।
केही दिन पहिला बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछाने माथि संसदिय छानविन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्सा द्धारा गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा बिरगंज माईस्थान चौकमा नगर प्रमुख द्धारा परिचालित केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरी ने.वि.संघ पर्साका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली काँग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादव लाई घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण गर्दै आज जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लाइ ज्ञापनपत्र बुझाएको छ ।
बिरगंज महानगपालिकाका मेयर राजेशमान सिंहले किर्ते नागरिकता बनाएको बिरोधमा आज प्रदर्शन गर्दै सो ज्ञापनपत्र बुझाएका छन । बिरोध प्रदर्शन कार्यक्रम माइस्थान चौकबाट शुरु भएर अलखियामठ हुँदै आदर्शनगर, गिता मन्दीर हुँदै जिल्ला प्रशासन कार्यलय पर्सामा पुगेर बुझाएका छन ।

बिरोध प्रदर्शनमा नेपाली काँग्रेस पर्सा जिल्लाका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति राम नारायण कुर्मी , पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन, बिरगंज महानगपालिकाका उप-मेयर इम्तियाज आलम लगायत जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, वडा कार्य समिति, नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघ, नेपाल किसान महासंघ, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल ट्रेड यूनियन काँग्रेस, भातृ संघ संगठन लगायत हजारौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।

