चन्दन कूमार महतो
रौतहट जेष्ठ १५ गते ।
राैतहट जिल्लाकाे ईशनाथ नगरपालिका कार्यालयको औरैयामा विशेष समारोह आयोजना गरेर नगर प्रमुख कौशलिया देवीले १७ औं गणतन्त्र दिवस मनाइएको छ ।
नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो ।
समारोहमा १ नम्बर वाड देखि ९ नम्बर वाडको वाडअध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र झा, बुद्धिजीवी नेतागन लगायतको उपस्थिति थियो ।
गणतन्त्र दिवसका उपलक्ष्यमा नगर प्रमुख, वडा अध्यक्ष विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलको नेताहरूले पनि गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबैलाई हार्दिक अभिनन्दन प्रकट गरेका छन् । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।
तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो ।
विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ। सरकार प्रमुख एवं राजनीतिक दलका नेताहरुले लोकतान्त्रिक गणतन्त्रको सुन्दर प्रणालीलाई बलियो तुल्याएर गरिबी र पछौटेपनविरुद्धको लडाइँ जित्नका लागि त्यसतर्फ अग्रसर हुन सबै नेपाली जनतामा आह्वानसमेत नगर प्रमुख कौशलिया देवीले गरेका छन् ।



