गाैशाला : महोत्तरीमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । बर्दिवास-जलेश्वर सडक खण्डको औरही नगरपालिका १ औरही बजार चौक भन्दा करिब १५० मिटर उत्तरमा ज १२ प ८८३५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकल यात्री बर्दिवास नगरपालिका १२ बिजलपुरा चल्की टोल निवासी ७० वर्षीय इस्लाम अन्सारीको मृत्युभएको हो ।
औरही बजार तर्फ आउँदै गरेका अन्सारीलाई तिब्र गतिमा रहेको मोटरसाईकलले ठक्कर दिएको थियो । घाइते अन्सारीको औरही नगरपालिका १ औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा प्रारम्भीक उपचार गरी बर्दिवास अस्पताल लैजाने क्रममा बाटो मै मृत्युभएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक सुर्य वहादुर राणा मगरले जानकारी दिएको छ ।
ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका ६ फुलकहा निबासी अन्केश यादव र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने मोटरसाईकल चालक समेत घाइते रहेको छ ।

