धनबिर महताे
गाैशाला, असार ३० गते ।
सार्वजानिक सम्पतिको संरक्षणमा जुटेका कर्मचारीहरु बिना कारण गाली वेईज्जती सहनुपर्दा उनीहरुको मन खिन्न भएको छ । राष्ट्यि सहकारी बाेर्डद्धारा संचालित निगौल गाई गौशालाको अधिनमा रहेको कमर्सियल भवनको मासिक भाडा उठाउन जाने क्रममा त्यहाँ पसल थापेकाहरु उल्टै कर्मचारीलाई नानाथरि गाली वेईज्जती खेप्नु परेको छ ।

व्यवसायिक भवनको कोठा नं. ६ मा संचालनमा रहेको महालक्ष्मी खाद्य तथा वीज भण्डारका संचालक शम्भु साहसँग पैसा माग्न जाँदा आफुलाई गाली वेईज्जती गरिएको कार्यालय प्रमुख बिबहादुर चौधरीले बताए । चौधरीले भने, वर्षौदेखि सटरको भाडा तिर्न बाँकी रहेको उनलाई टिम सहित जाँदा साहले आफुमाथि जाई लागेको थियो । १ लाख १९ हजार ४५३ रुपैयाँ उठाउन वाँकी रहेको र सो रकम माग्न जाँदा साहले आफुलाई दुव्र्यवहारमा उत्रिएको थियो ।
चौधरीले रेडियो रुपान्तरणसँग भने, यहाँ पैसा असुल गर्नु धेरै गाह्रो विषय भईसकेको छ । म स्वयम बारम्बार सम्बन्धित व्यक्तिलाई तकेदा गर्दै आएका छाैँ । समयमा पैसा नपुगाएपछि आफु टिम सहित उनको पसलमा पुग्दा व्यवसायी साहले उल्टै आफुलाई गाली वेईज्जती गरेका थिए । निगौल गाई गौशालाको विभिन्न शिर्षकमा गरि ३५ लाखभन्दा बढि रकम वाँकी वक्यौता उठाउन बाँकी रहेको छ ।
कार्यालय स्रोतले दिएको जानकारी अनुसार बर्षौदेखि व्यवसायिक भवनको सटर, अधिनमा रहेको खेतबाट उठाउन वाँकी रहेको मनखप, ठेक्का वापत असुलउपर बाँकी रहेको रकम गरि ३५ लाख ४८ हजार ६ सय ७० रुपैयाँ रहेको छ ।

स्रोत : कार्यालय
यसरी उठाउन बाँकी रहेको रकम अन्र्तगत सटर भाडा वापत ४ लाख ६८ हजार ८ सय ५१ रुपैयाँ, बगैँचा ठेक्का वापत २ लाख ५५ हजार, पोखरी ठेक्का नयाँ वापत ६ लाख ६० हजार र पुरानो पोखरी ठेक्कावापत ८ लाख ५४ हजार ६ सय ५४ रुपैयाँ रहेका छन् । यता विभिन्न व्यक्तिहरुले मनखपमा लिएको खेतीयोग्य जग्गा वापतको १३ लाख १० हजार १ सय ६५ रुपैयाँ रहेका छन् ।
बारम्बार लिखित एवम् मौखिक रुपमा ती रकम वुझाउनका लागि सम्बन्धितपक्षलाई बारम्बार आग्रह गर्दै आएको कार्यालयका लेखापाल रोहित कुमार कणर्ले जानकारी दिएका छन् । लेखापाल कणर्का अनुसार आन्तरिक आम्दानीको रुपमा ती व्यवसायिक संरचना वापतको रकम उठान भए कार्यालय संचालनका लागि धेरै नै फाईदा पुग्नेछ ।
कार्यालयको नाममा बाँकी रहेको रकम उठाउनका लागि सरोकारवाला निकाय समक्ष पहलकदमी गर्ने कार्यालय स्रोतले जनाएको छ ।

