https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, साउन १ गते ।
चितवनकाे सिमलताल स्थित त्रिशुली नदीमा गत शुक्रबार बस खसेर मृत्युु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै बिरगंजमा मंगलबार दीप प्रज्वलन गरिएको छ ।

नेपाल विद्यार्थी संघ पर्साले माईस्थान स्थित गहवामाई मन्दिर अगाडि मंगलबार साँझ दीप प्रज्वलन गरेकाे हाे ।

नेविसंघ पर्साका सभापति रमेश यादवकाे अध्यक्षता तथा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीकाे प्रमुख अतिथिमा भएकाे दीप प्रज्वलन कार्यक्रममा बिरगंज महानगरपालिकाकी पूर्व उपमेयर शान्ति कार्की, कांग्रेस महाधिवेशन प्रतिनिधि मिन्टु सिंह, मनोजा चौधरी, सन्तोष सिंह, वडाध्यक्ष हिराकाजी महर्जन, कांग्रेसका युवा नेताहरु मनोहर साह, दिलीपराज कार्की, सरोज चौरसिया, बाबुनन्द पटेल, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साविर हुसैन, ओबीसी पर्साका अध्यक्ष देवनाथ महतो, नेपाल विद्यार्थी संघका मिलन यादव, राहुल पटेल, प्रकाश रौनियार, सुधांशु चाैरसिया लगायतको सहभागिता थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार