https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, साउन ५ गते ।
परिवार, समुदाय र मुलुकको परिवर्तनमा योगदान गरेका महिलालाई अलग राखेर मुलुकको सार्थक विकास सम्भव छैन । खासगरी अर्थतन्त्रमा महिलाको सहभागिताले अर्थपूर्ण महत्त्व छ । अर्थतन्त्रका महत्त्वपूर्ण आधार कृषि, उद्योग व्यवसाय, पर्यटन, पेसागत र वैदेशिक रोजगार जस्ता क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ, जुन सकारात्मक छ । 

त्यसैले वीरगंजमा वुमन क्रियशन को आयोजनामा आज महिलाहरुलाई व्यापार तथा उद्यमक्षेत्रमा प्रेरित गर्ने उदेश्यले व्यापार प्रदर्शनीको आयोजना गरिएको छ । महिला उद्यमीहरूलाई व्यवसाय प्रबद्र्धनका लागि समेत प्रदर्शनीको आयोजना गरिएको हो ।

वीरगंजको दियालो लर्डस होटलमा आयोजित कार्यक्रममा महिलाहरु द्धारा उत्पादित घरेलु हस्तकलाका सामाग्री, खाद्य सामाग्री, श्रृंगार सामाग्री, तयारी कपडा, इलेक्ट्रोनिक सामान, फाष्टफुडका विभिन्न परिकार सहितका स्टलहरु गरी ७० वटा स्टल राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगंजको माटोको लागि केही गर्नु छ भने हामीसबै जुट्नुको बिकल्प नभएको बताउनुभएको छ । उहाँले राजनिती चुनावको बेला गरौं भन्नुहुदै अहिले वीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै बर्ग र समुदायलाई आग्रह गर्नुभयो ।

वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, वरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो ।

उद्घाटन कार्यक्रमपछि नगरप्रमुख सिंह लगायत बिरगंजका उद्योगी व्यबसायीहरुले प्रदर्शनी स्थलको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार