राहुल गुप्ता
बिरगंज, साउन ८ गते ।
४२ ओैँ वि.पि.स्मृति दिवसको उपलक्ष्यमा बगही प्राथमिक स्वास्थ केन्द्र वडा नं २८ को प्राङ्गणमा वृक्षरोपण गरिएको छ । नेपाली काङ्ग्रेस वडा कार्यसमितिको वडा नं २८ को आयोजनामा आँप कटहर लगायत विभिन्न फलफुलका सय भन्दा बढी विरुवाहरु रोपिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले नेपाली राजनीति र नेपाली साहित्यमा विपीको अतुलनीय योगदान रहेको बताए । विपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । तर, जननिर्वाचित सरकारलार्ई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरि निरंकुश शासन शुरु गरेपछि कोइराला सहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो । कुर्मिले अहिले केन्द्र देखि स्थानिय तह सम्मका नेता कार्यकर्ताले विपीको विचार सिद्धान्तलाई विर्सिदै गएको बताउँदै विपीको आदर्शलाई आत्मसाथ नगर्ने हो भने काङ्ग्रेस मात्र नभएर देश पनि संकटमा पर्ने बताए ।
नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले वृक्षारोपन गर्नाले हराभरा हुनुको साथ साथै स्वच्छ वातावरण को हावा पाउने र स्वच्छ जिवन बिताइरहने वातावरण महसुस हुने बताए ।
आज भएको कार्यक्रममा प्रदेश सभा सदस्य स्याम पटेल,क्षेत्र नं २ का सभापति महम्मद साबुदिन,वडा नं २८ का वडा अध्यक्ष सरजोग महतो, जिल्ला सदस्य संजय कुमार गुप्ता, शिव नारायण राम, शेष हजरा, राजेश कुमार तिवारी, सेराज अन्सारी लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार सदस्य राहुल गुप्ताले बताए ।

