https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राहुल गुप्ता
बिरगंज, साउन ९ गते ।
धनुषाको कमला नगरपालिकामा बगर खेतीयोग्य ६-७ हजार बिघा जमिनमा माछा पालन गरि उपयोगमा ल्याउनको लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह तथा मधेस प्रदेशका भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको संयुक्त टोली द्वारा निरिक्षण तथा अनुगमन गरेका छन ।

मधेस प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको लक्ष्य अनरुप आज सो पोखरीको अनुगमन तथा निरीक्षण गरिएको छ । प्रदेश सरकारका प्रत्येक जसो बजेटमा माछा उत्पादनलाई बढाउने र आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ । 

सो अवसरमा भुमि तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले नदिका छेउछाउमा भएका माछा पालन र उत्पादन गर्न सकिने ठाँउहरुमा लिप्ट मार्फत पानी लिएर माछा पालन ब्यवसाय संचालनमा सहयोग गरिने बताउनुभयो । सके सम्म सबै जिल्लामा भएपनि ह्याचरी स्थापना गरि नमुनाका रुपमा कामको थालनी गरिने मन्त्री क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै मधेस प्रदेशमा मत्स्य पालन क्षेत्रको पहिचान गरि प्राकतिक जलाशयमा मत्स्य उत्पादन तथा सह ब्यवस्थापनका लागी उचित स्थल पहिचान, उत्पादित माछाहरुको बजारीकरण सम्बन्धी अवसरहरुको खोजी गरि सोही बामोजिम कार्य अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार