गाैशाला, साउन १२ गते ।
नेपालको एक मात्र बर्दिवास रेल्वेमा एक युवकको दुबै खुट्टा कटेको छ । शनिबार (आज) करिब ११ः१५ बजेको समयमा धनुषाको खजुरीस्थित रेलमा दुवै खुट्टा कटेको हो ।
जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेल खजुरी स्टेशनदेखि करिब ३०० मिटर पश्चिम महुवा पटरीस्थित दुर्घटना भएको हो ।
रेलको छेउबाट हिँडिरहेका जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बस्ने स्थानीय मिश्री दासको अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दास अचानक रेलतिरै भाग्न खोज्दा दुवै खुट्टा कटेको हो ।
महुवास्थित रेलेको छेउबाट हिडने बाटो भएकोले रेलले पटक पटक हर्न दिँदै आएको थियो । नजिकमा आएर समेत हर्न दिएपछि उनले कन्फूज भएर रेलतिरै दौडिँदा उनको खुट्टा भएर रेल गुज्रेपछि दुबै खुट्टा छिनिएको रेल विभागका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।
दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल ल्याईएको हो । उनको दुबै खुट्टा छिनिएको हो ।

