https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, साउन १६ गते ।
महाेत्तरीमा ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढिले क्षतिग्रस्त भएपछि पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । बर्दिवास नगरपालिका ५ अन्तर्गत ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढिले क्षतिग्रस्त भएपछि पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको हाे ।

मंगलबार राति लगातार परेको पानीका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत (बर्दिबास बाट लगभग ७ किलोमिटर) पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोला (बेलगाछि) पुल क्षतिग्रस्त भएका छन् । ढुङ्ग्रेखोला (बेलगाछि) पुल बाढिको कारणले क्षतिग्रस्त भएपछि सवारिसाधन आवागमन ठप्प भएका हुन ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनका अनुसार सडक विभाग र नगरपालिकाको सक्रियतामा सडक खुलाउने प्रयास जारी रहेको बताए यता हलुका सवारीसाधनहरू हुलाकी राजमार्गको वैकल्पिक गाैशाला राेड हुँदै गाैशाला बजार, बिसहरपुर, दिपेन्द्र (इमली) बजार हुँदै राजमार्गको लक्ष्मिनिया चाै पुगेर गन्तव्यतर्फ गईरहेको सहायक प्रजिअ न्यौपानेले बताए ।

साथै यता गाैशाला नगरपालिका १२ अन्तर्गत महेन्द्र राजमार्गकाे शिव चौकदेखि दक्षिणतर्फ कान्तिबजार, मगरथाना हुँदै खैरबनी सम्म जाने सडकखण्ड अन्तर्गत जर्लाही पुल भत्काएको छ । जर्लाही पुल बाढीले बगाएपछि १२ नम्बरको वडा बासीहरुलाई आवतजावत गर्न कठिनाई भएको एक स्थानीयले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार