https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, भदौ ९ गते ।
बिगत १५ वर्ष देखि ठाकुर राम बहुमुखी क्याम्पसको चुनाव हुन सकेको छैन । तर यो वर्ष त्रिभुवन विश्वविद्यालयलको आगामी फागुन १५ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको बेला त्यसको मध्य नजर गर्दै नेपाल विधार्थी संघका विद्यार्थी नेताको बैठक आज सम्पन्न भएको छ ।

विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १५ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।

स्ववियु निर्वाचनको मध्ये नजर गर्दै वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीलको प्रमुख अतिथामा बैठक बसेको हो ।

उक्त बैठकमा नेविसंघका केन्द्रीय सदस्य एंव प्रमुख अतिथि मुनाराज तिवारीले भने स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए।स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए।उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए ।

नेविसंघको बैठकमा ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्ववियु चुनावको विषयमा विधार्थीहरुले आ-आफनो धारणा राख्दै ठाकुर राम बहुमुखी क्याम्पसको दिन प्रतिदिन अवस्था नाजुक हुदै गएको प्रति र विकासमा पनि पछाडि परेको प्रति दुख व्यक्त गरेका छ्न । ठाकुर राम बहुमुखी क्याम्पसलाई सुधारोन्मुख तर्फ लग्न र शैक्षिक विकासको लहर ल्याउनको निमित्त स्ववियु चुनावलाई लक्षित गर्दै कसरी आफ्नो पंक्षमा विद्यार्थीहरुलाई पार्न सकिन्छ र कसरी ठाकुर राम बहुमुखी क्याम्पसलाई नेविसंघ मइ बनाउन सकिन्छ त्यस विषयमा बैठकमा छलफल भएको नेविसंघ ठाकुर राम बहुमुखी क्याम्पसका विधार्थी नेता राजु गुप्ताले जानकारी दिए ।

उक्त बैठक नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीको प्रमुख अतिथीमा बसेको बैठकमा ठाकुर राम बहुमुखी क्याम्पस विद्यार्थी नेता राजु यादव, राहुल दास, रुपेश साह, इम्तियाज हुसैन लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार