चन्दन कूमार महतो
राैतहट, भदौ १७ गते ।
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको आयोजनामा चुनाबी सभा तथा अन्तरक्रिया कार्यक्रम सोमबार रौतहट जिल्लाको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।
भदौ २८ गते हुने नेशनल इन्जिनियर एशोसिएसनको तेस्रो प्रादेशिक कार्यकारनी समिति अन्तर्गत मधेश प्रदेशको प्रादेशिक निर्वाचनको लागि नेशनल इन्जिनियर्स एसोशिएसन नेपाल गैर राजनीतिक संगठनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारको प्रचार प्रसारको लागि चुनाबी सभा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा इन्जिनियर गौरी पंडितको नेतृत्वमा सहभागी भएका टीमलाइ जिताउनको लागि आयोजना गरिएको चुनाबी सभामा प्रमुख अतिथि इन्जिनियर प्रमोद यादवले यो संगठन कुनै राजनीतिक दलको भातृ संगठन नभई इन्जिनियरहरुको हक अधिकारको लडाईको लागि स्वतन्त्र संगठन भएको बताएका छन् ।
कुनै दल संग आबद्ध नभएको हुदा राजनीतिक दलको संगठन पार्टीको नीति निर्देशनमा हिड्ने गरेकोले इन्जिनियरहरुको हक हितमा बलियो आवाज उठाउन नसक्ने जिकिर गर्दै इन्जिनियर गौरी पंडित नेतृत्वको प्यानललाइ जिताउन मतदाताहरूलाइ आग्रह गरे ।
२ बर्षको कार्य अबधि रहेको सो संगठनको निर्वाचनमा गौरी पंडितको नेतृत्वमा १६ जना उम्मेदवार रहेका छन् । कार्यक्रममा केन्द्रिय कार्यकरनी सदस्य पदका उम्मेदवार तेज नारायण यादवले पार्टीको भातृ संगठनले पेसागतमा रहेका इन्जिनियरलाइ केहि समस्या पर्दा केहि बोल्न नसकिने भएकोले गैर राजनीतिक संगठनका उम्मेदवारलाइ सफल बनाउन आग्रह गरे ।
गैर राजनीतिक संगठनको तर्फ बाट सभापतिमा इन्जिनियर गौरी पंडित, उप सभापतिमा मुकेश राज साह,सचिवमा इन्जिनियर अजित कुमार मण्डल, सह सचिब आर्किटेक रोशनी यादव, कोषाध्यक्ष पदमा अभिषेक कुमार गुप्ता, सदस्य पदमा परबेज खान, अमित कुमार पाण्डेय, आशुतोष कुमार सिंह, अरविन्द कुमार महतो, मधुसुधन सरार्फ, मनोज कुमार साह, रामकान्त प्रसाद यादव, अशोक मण्डल, जितेन्द्र राय र इन्जिनियर अर्चना यादव उम्मेदवार रहेका छन् ।
कार्यक्रम नेशनल इन्जिनियर एसोशिएसन नेपालको रौतहटका अध्यक्ष अभिषेक कुमार गुप्ताको अध्यक्षतामा गौर को जी मार्ट होटलमा भव्य रुपमा सम्पन्न भएको छ ।

