नरेन्द्र महताे
सम्सी, भदौ २० गते ।
महाेत्तरीकाे मुख्य व्यापारी नाकाहरु सम्सी, रघुनाथपुर, खैयरवनी र इठहरवा कट्टि सम्म पुरा कडाई गरिएकाे नेपाल वाेर्डर आउट पाेष्ट रघुनाथपुरका डिएसपि सुजन थापाले जानकारी दिनुभयो ।
भारत सँग जाेडिएकाे नाका मध्ये यी ४ वटा नाका रघुनाथपुर क्याम्पकाे माथहथमा पर्छ ।
उहाँले अगाडि भन्नू भयाे व्यापार गर्नेलाई विना भन्सारकाे कुनै सरसमान ल्याउनमा प्रतिवन्ध छ, राजस्व तिरेर ल्याउन सक्छन तर आमउपभोक्ताहरुकाे लागि दैनिक उपभाेग्य समानहरुमा कुनै राेक, कुनै राजस्व तिर्नु नपर्ने थापाले भने ।

यहाँ नेपाल भारतकाे गाउँहरु जाेडिएकाेले उपभाेक्ताहरुले एक अर्का देशबाट उपभाेग्य बस्तु ल्याउछँन, जस्तै वैवाहिक कार्यक्रम, सुख सराद तथा अन्य भाेजभतेर भएमा गाउँपालिका तथा वडा कार्यालयले सिफारिस गरेकाे खण्डमा हामीबाट कुनै राेकावट हुने छैन् ।
सम्सी नाकाकाे एरिया धेरै बढि भएपनि हामिहरुकाेसँग जनशक्ति जति छ त्यहि जनशक्तिलाई राम्राे सँग परिचालन गरि कडाई गरिएका छाै । हुन्त याे सिमाना खुल्ला रहेकाेले अलि अप्ठ्यारो हुन जान्छ तर जति बदनाम गरिएकाे छ त्यति केही छैन उनले दाबीका साथ भने ।

