https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्र
कृष्णनगर, भदौ २१ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।

मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह लगाएत अन्य संघ सस्था र नेपाल प्रहरी सशस्त्र प्रहरीको समन्वयमा विभिन्न कार्यक्रम गरि समापन गरेको छ ।

 कार्यक्रमको अवसरमा विशेष गरि कृष्णनगर नगरपालिका भित्र रहेका  विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगर र संघ सस्थाको सक्रियतामा मानव बेचबिखनको अवस्था र यसबाट सचेत हुने विषयमा विद्यालयमा गई सचेत गराइएको थियो ।

किशोर किशोरी बढी जोखिम हुने देखिएपछी स्कुलमा नै गएर यस्ता सचेतनामुलक स्कुल शिक्षा दिएको खण्डमा प्रभावकारी हुने बुझाई आम सरोकारवाला निकायको रहेको र त्यसको प्रभावकारिता देखेर पनि यस्ता कार्यक्रम गरिएको छ ।

कार्यक्रम को अन्तिम दिन अर्थात भाद्र २० गते विहिवार निकै भब्य रुपमा समापन गरिएको छ । विभिन्न संघ सस्था, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटेल व्यावसायि संघ लगायत स्थानीय ब्याक्तीहरुको सहभागीमा र्याली  कार्यक्रम गरिएको थियो । उक्त र्याली कृष्णनगर नगरपालिकाकि उप प्रमुख आरती देबि चौधरीको अगुवाईमा भएको थियो । जसमा जनप्रतिनिधि रामकुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत, लगाएतका ब्याक्तीहरुको सहभागी रहेको थियो ।र्याली गोलघर बाट सुरु भैई बजार परिक्रमा गरि लिङ्कगेटमा समापन गरिएको थियो ।

सोही दिन कृष्णनगरपालिका को हलमा बृहत विद्यालय स्तरीय बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको थियो । जसमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक नवरत्न पौडेल, अप प्रमुख आरती देवी चौधरी लागएत जनप्रतिनिधि र स्कुलका शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमको संचालन  नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थीले गर्नु भएको थियो । कार्यक्रमको आयोजना मानव बेचबिखन नियन्त्रण जिल्ला समिति कपिलवस्तुले आयोजना गरेको थियो जसमा आफन्त नेपाल र शान्ती पुनर्स्थापना गृह लगाएत अन्य संस्थाको सहयोग रहेको थियो ।

कार्यक्रम निकै प्रभावकारी भएको र मानव बेचबिखन नियन्त्रणका विषयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालेले निकै गहकिलो सब्दहरु राख्नु भएको थियो कार्यक्रम दिउँसो ३ बजे समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार