https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, असाेज १ गते ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सरव भई आएका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियालाई मंगलबार गाँउपालिका अध्यक्ष यशवन्त यादवले स्वागत गरेका छन् ।मंगलबार गाँउपालिका कार्यालयमै आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय चौरसीयालाई स्वागत गरेका हुन् ।

त्यसअवसरमा गाँउपालिका अध्यक्ष यादवले जनता र जनप्रतिनिधीको हितलाई सर्वोपरी ठानेर काम गर्न प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई निर्देशन दिए ।पालिकाको विकासनिर्माणलाई तिब्रता दिनुका साथै सेवाप्रवाहलाई अझ सहज र पारदर्शी बनाउने कुरामा आँफु लागि परेको भन्दै यादवले यसमा कर्मचारीहरुकोपनि साथ अति आवश्यक रहेको बताए ।

स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत चौरसियाले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए ।

कार्यक्रममा विगत १ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारलाई गाँउपालिका अध्यक्ष यादवले गम्छा ओढाएर सम्मान गर्दै पुन स्वास्थ्य शाखाको जिम्मेवारी सम्हाल्न निर्देशन दिए ।

कार्यक्रममा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु,वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु,वडानम्बर ३ का वडाध्यक्ष मोजामिल अन्सारी,वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद आरिफ, वडा नम्बर ६ का वडाध्यक्ष मुन्ना कम्कर, शिक्षा शाखा प्रमुख नेपालेन्दु साह, दिपनारायण आदर्श नमूना माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्ष शंकर महतो थारु, प्रशासन शाखा प्रमुखअरबिन्द ठाकुर, लेखा शाखा प्रमुख सुमन साह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार