https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

झापाकाे शिवसताक्षी नगरपालिका-११ दुधे स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र पिकअप बीच दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। झिलझिलेबाट माईधारतर्फ गइरहेको प्र. १-०१-०१७ प ४१७२ नम्बरको स्कुटरले दक्षिणतर्फबाट बाटो क्रस गर्न खोज्दा सोही दिशातर्फ गइरहेको प्र. १-०१-००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।

ठक्करका कारण स्कुटर चालक शिवसताक्षी नगरपालिका-९ निवासी ४० वर्षीया जानुका अधिकारी गम्भीर घाइते भइन्। उनलाई तत्कालै उपचारका लागि B&C अस्पताल, बिर्तामोडमा पुर्याइयो, जहाँ मिति २०८१।०६।१० को साँझ १९:१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटना गराउने पिकअप चालक, इलाम नगरपालिका-१ निवासी ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिले, झापाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार