सर्लाही, असोज ११ गते ।
सर्लाहीको हरिवन नगरपालिकामा टिफरको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा हरिवन नगरपालिका वडा नं.०७ गणेश टोल बस्ने बर्ष ४२ को दिपक अधिकारी रहेको छ ।

हरिवन नगरपालिका वडा नं.११ बासाटोल स्थित पुर्ब पश्विम राजमार्ग सडक-खण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिफरले बा.प्र.०२-०३७ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर पश्चात् अधिकारी गम्भिर घाईते भएका थिए । घाइते अधिकारीको नमुना अस्पताल हरिवनमा उपचार क्रममा मृत्यु भएको थियो ।

