https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसा दसाह
बिरगंज, असाेज ११ गते ।
इनइलमरहेल्भाटासको आर्थिक सहयोगमा आमा नेपाल फाउन्डेशन तथा बिरगंज नेपाल विजनेश कन्सलटेन्सी प्रा.लि.को सयुक्त आयोजनामा महिला उद्यमशिलता तथा महिला स्वरोजगारको लागि १५ दिने निःशुल्क हस्तकला समाग्री उत्पादन मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित फुल, फुलका बुके, फुल राख्ने बास्केट तथा ढाकीको सामाग्रीहरुको तालिम भएको थियो । तालिम मिति २०८१ भाद्र २७ मा उद्घाटन भई आज समापन भएको थियो ।

स्थानीय स्राेत साधन तथा खेर गईरहेको वस्तुबाट आर्थिक उपार्जनस महिला उद्यमी तथा महिला स्वरोजगारको विकास गर्नको लागि आमा नेपाल फाउन्डेशनको वर्षौको प्रयास तथा इनइलमरहेल्भटासको विश्वास र आर्थिक सहायता, बिरगंज नेपाल बिजनेश कन्सलटेन्सी प्रा.लि.को सहकार्यताले साकार रुप लिई आज बिरगंजका स्थानीय महिलाहरुले यस आमा नेपाल फाउन्डेशनको वर्षौको प्रयासलाई पहिलो पटकमै साकार र सफल बनाईदिनु भएकोमा धेरै खुसी लागेको कुरा आमा नेपाल फाउन्डेशनका अध्यक्षले बताउनु भएको थियो । आमा नेपाल फाउन्डेशनको कार्यालयमा १५ दिन सम्म चलेको यस हस्तकला सामाग्री उत्पादन तालिमको बिरगंज स्थित होटल मकालुमा आज समापन कार्यक्रम राखिएको थियो ।

समापन कार्यक्रमसँगै आज सहभागीहरुले मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित सामाग्री प्रदर्शनी कार्यक्रम पनि राखिएको थियो । प्रदर्शनी कार्यक्रममा मधेश सरकारका मुख्य न्यायाधिवक्त्ता श्री सुरेन्द्र कुमार महतो ज्यू, मधेश विश्वविद्यालयका उपकुलपति श्री दिपक शाक्य ज्यू, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिल कुमार अग्रवाल ज्यू, वरिष्ठ महिला समाजसेवी श्री उषा शाह ज्यु, वीरगंज नेपाल बिजनेश कन्सलटेन्सी प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल कुमार साह ज्युले अवलोकन गर्नु भएको थियो ।

अवलोकनकर्ताहरुलाई आमा नेपाल फाउन्डेशनका सदस्यहरुले मकैका खोस्टाबाट निर्मित फुलको ब्याज लगाई स्वागत गरिएको थियो । अवलोकन पश्चिात समापन कार्यक्रम सञ्चालन भएको थियो । समापन कार्यक्रममा महिला समाजसेवी श्री उषा शाह ज्युले महिलाहरुले निर्माण गरेको हस्तकला तथा समाग्रीको बजारीकरण तथा प्रदर्शनीको लागि उद्योग वाणिज्य संघले सहयोग गरी व्यवस्था मिलाई महिला उद्यमी तथा महिला स्वरोजगारको बढावा दिनु पर्ने धारणा राख्नु भएको थियो ।


महिला उद्यमी तथा महिला स्वरोजगार विकासको लागि वीरगंज उद्योग वाणिज्य संघ तत्पर रहेको तथा यस आमा नेपाल फाउन्डेशनद्वारा दिइएको तालिम र तालिम पश्चात निर्मित उत्पादनको बजारिकरणको व्यवस्थामा के सहयोग गर्न सकिन्छ त्यसमा छलफल गरि महिला उद्यमी तथा महिला स्वरोजगारको सुनिश्चितताको लागि अग्रसर हुनेछु तथा आमा नेपाल फाउन्डेशनलाई वीरगंज उद्योग वाणिज्य संघबाट आयोजना हुने टे«ड प्रमोशन एक्सपो तथा प्रदशर्नीमा निःशुल्क स्टलको व्यवस्था मिलाईने छ भनी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिल कुमार अग्रवालले भन्नुभएको थियो तथा यस मकैको खोस्टा तथा बाँसको चोयाबाट निर्मित स्थानीय हस्तकला सामाग्रीको बजारीकरणको लागि अध्ययन तथा सम्भाव्यताको खोजी गरी राष्ट्रिय बजार तथा अन्तराष्ट्रिय बजारको खोजी गर्न सहयोग गर्ने छौं भनी प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार