https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, असाेज १९ गते ।
महाेत्तरीमा विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ नागरीक सदस्यहरुलाई दशैं खर्च वितरण गरेको छ । औरही नगरपालिका – ७ भोइल स्थित संचालित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना जेष्ठ नागरीक सदस्यहरुलाई दशैं खर्च वितरण गरेको हाे ।

शनिबार विषहारामाई सहकारी संस्थाले श्री राम विलास चन्देस्वर यादव जनता माध्यमिक विद्यालयमा एक कार्यक्रमकाे आयोजना गरि संस्थाले आफ्ना ७२ जना जेष्ठ सदस्यहरुलाई रु ५०० दरले जम्मा रू ३६,०००।- दशैँ खर्च वितरण गरेका छन् ।

हिन्दुहरूको महानपर्व दशैँको शुभ उपलक्ष्यमा आफ्ना जेष्ठ सदस्यहरुलाई संस्थाले विगत चार वर्षदेखि दशैं खर्च वितरण गर्दै आएकाे संस्थाकी अध्यक्ष गणिता यादवले बताए ।

संस्थाले आफ्ना जेष्ठ सदस्यहरुलाई २०७८ सालदेखि हिन्दुहरुकाे महान पर्व दशैँकाे अवसरमा दशैँ खर्च वापत पाँच सयका दरले वितरण सुरु गरेका छन् । जसमा पहिलो वर्षमा २२ जना सदस्यहरुलाई, दाेस्राे वर्षमा ३७ जना सदस्यहरुलाई, तेस्रो वर्षमा ५२ जना सदस्यहरुलाई र चाैथाे वर्षमा ७२ जना सदस्यहरुलाई दशैँ खर्च वितरण गरेको संस्थाकी अध्यक्ष गणिता यादवले जानकारी दिए ।

त्यस्तै सचिव रामनारायण साहले जेष्ठ नागरिकलाई सरकारबाट प्राप्त हुने समाजिक सुरक्षा भत्तालाई सदुपयोग गरी आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिन समेत आग्रह गरेका थिए । साथै यस कार्यक्रमलाई निरन्तरता दिने कुरा पनि बताउनुभयो ।

कार्यक्रमलाई नगरपालिका वडा नम्बर ८ का अध्यक्ष श्री राम आश्रय यादव, वडा नं. ७ का अध्यक्ष जितेन्द्र यादव र संस्थाका अध्यक्ष गणिता यादवले संयुक्त रुपमा कार्यक्रमलाई शुभारम्भ गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्षहरूले जेष्ठ सदस्यहरुलाई सम्मान सरह ५ सय रुपैयाँ दिएको भनेर प्रसंशा गरेका थिए । पैसा कुनै ठुलाे कुराे नभए पनि समान ठुलो हाे भनेर कार्यक्रमलाई निरन्तरता दिन संस्थालाई समेत आग्रह गरेका थिए ।

नगरपालिका अन्तरगतका भोइल, टिमकिया, चेपकट, श्रीपुर र फुलवरिया गरी जम्मा ५ (टाेल) गरि ७२ जना सदस्यहरू सहभागीहरु रहेका थिए । संस्थाका सदस्यहरूले संस्थाको निरन्तर प्रगतिको कामना समेत गरेका थिए । कार्यक्रममा व्यवस्थापक संजय कुमार यादव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२०७१ माघ १२ गते २५ जना सदस्यहरुले २ हजार ५ सय पुजीबाट संचालन गरेको संस्थामा अहिले २ हजार २९ जना सदस्यहरु रहेको छ । जसमा शेयर पुजी ६८ लाख, बचत ७ करोड ८५ लाख र ऋण ७ करोड ९४ लाख गरि १० करोडको काराेबार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार