जनकपुरधाम, असोज २० गते ।
जसपा नेपालको जनतासंग जसपा नेपाल अभियान अन्तरगत औरही गाउँपालिकाको बिस्तारीत बैठक पालिका अध्यक्ष कमलदेव मण्डलको अध्यक्षतामा सप्पन्न भएको छ ।
बैठकबाट समितिमा केही पदाधिकारी, सदस्यहरु थपेर उहाँहरुलाई सपथ ग्रहण गराएका थिए ।

बैठकमा जसपा नेपाल केन्द्रिय सदस्य माननीय रामअशिष यादव, केन्द्रिय सदस्य माननीय ममता मण्डल, जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, निर्वाचीत वाडा अध्यक्ष सरोज मण्डल, शंकरप्रसाद साह, जसपा नेपाल जिल्ला सदस्य उदय चन्द्र मिश्र, बिजय यादव, रिता देवी, महिला केन्द्रिय सदस्य बिन्दु यादव, विद्यार्थी केन्द्रिय सचिव बिकास यादव, प्रदेश सचीव आमिन राइन, लगाईत पालिकाको समितिहरुको उपस्थितिमा बैठक सप्पन्न भएको हो ।



