जनकपुर, असोज २२ गते ।
स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन नेपालको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधामको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्त्वको पवित्र सरोवर गंगासागरको सघन रुपमा सफाई गरेका छन ।

गंगासागर सफाई अभियान २०७० का सुत्रधार प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा भएको गंगासागर सफाई कार्यक्रममा पर्व सभासद रामओेेैतार पासमान, दलित अगुवा भोला पासमान, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष तुलाकृष्ण गोइत, महासचिव सुरेश रोहिता, बुद्धिजीवी श्याम साह, पिछडावर्गका अगुवा श्याम साह, ई धर्मेन्द्र गोइत सहित राष्ट्र सेवक कर्मचारीहरु र उपमहानगरपालिकाका सफाई कर्मचारीहरुको सहभागिता रहेका छन ।

सो अवसरमा जनकपुरधामको स्वच्छता प्रति समर्पित जनकपुरधाम उपमहानगरपालिकाका सफाई कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले सम्मान पनि गरेका छन ।




