https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विष्णु गुप्ता
जलेश्वर, माघ ७ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिका वडा नं ६ मा अग्निपीडितहरूको खानेपानी समस्या समाधानका लागि स्थापित ६ थान डिप ट्युबवेलको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

ट्रिङ्गल जेनेरेशन हुमेनिटायरको आर्थिक सहयोगमा र मटिहानी नगरपालिका तथा रतौली युवा क्लबको समन्वयमा सञ्चालन भएको ह्यान्ड पम्प स्थापना परियोजनाअन्तर्गत यी डिप ट्युबवेलहरू जडान गरिएका हुन् । डिप ट्युबवेलहरूको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलले गर्नुभयो ।

कार्यक्रममा सहभागिता

उद्घाटन कार्यक्रममा अग्निपीडित परिवारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, वडा नं ६ का अध्यक्ष कलिम अंसारी, ट्रिङ्गल जेनेरेशन हुमेनिटायरका साकि सिंह अधिकारी बम र रतौली युवा क्लबका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नगर प्रमुखको धन्यवाद

नगर प्रमुख हरि प्रसाद मण्डलले अग्निपीडित समुदायलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराएकोमा ट्रिङ्गल जेनेरेशन हुमेनिटायर र रतौली युवा क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस परियोजनाले अग्निपीडितहरूको दैनिकीलाई सहज बनाएको भन्दै आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो

मानवीय सहयोगको प्रतिबद्धता

रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले यस्ता थप कार्यक्रमहरूले यहाँको समुदायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भविष्यमा पनि मानविय सहयोगका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

यो परियोजना अग्निपीडित समुदायका लागि अत्यन्तै महत्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ, जसले उनीहरूको जीवनस्तर सुधारमा ठुलो योगदान दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार