पवन प्रसाद साह
बिरगंज, चैत १ गते ।
पर्साको पोखरिया नगरपालिकामा रेडियो पोखरियाद्वारा आयोजित होली मिलन तथा मटका फोर कार्यक्रम बिहीबार पोखरिया नगरपालिका–४ स्थित बस स्ट्यान्ड चौकमा हर्षोल्लासका साथ सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन प्रसाद चौहान रहनुभएको थियो। उहाँले मटका फोर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
मटका फोर प्रतियोगिता: २२ जनाले फोरे मटका
कार्यक्रममा खेलप्रति उत्साही ५१ जनाले मटका फोर प्रतियोगितामा भाग लिएका थिए। तीमध्ये २२ जनाले सफलतापूर्वक मटका फोरेका थिए। विजयी सहभागीहरूलाई स्प्राइट, कोकाकोल, फ्यान्टा, अबिर, गडी, छोहारा, बदाम लगायतका पुरस्कार प्रदान गरिएको रेडियो पोखरियाका कार्यकारी अध्यक्ष छठु साह ले जानकारी दिनुभयो।
बृहत उपस्थिति
कार्यक्रम रेडियो पोखरियाका कार्यकारी अध्यक्ष छठु साहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नगरप्रमुख प्रदुमन प्रसाद चौहान रहनुभएको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा पर्सा क्षेत्र नम्बर ३ का सांसद प्रत्याशी रुपेश पाण्डेय, वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानु, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, पूर्व उपमेयर सलमा खातुन, माओवादी केन्द्र पोखरिया नगर कमिटी अध्यक्ष पन्नालाल पटेल, वकिल तथा महिला नेत्री आसा देवी चौहान, समाजसेवी गोबर्धन यादव, नेकपा एमाले पोखरिया नगर कमिटी सचिव सन्तोष गिरी, युवा संघका केन्द्रीय सदस्य कौशल साह गोढ, पत्रकार धर्मेन्द्र प्रसाद यादव र मुस्तुफा आलम, समाजसेवी कृष्णा साह तेली, प्रधानाध्यापक रामबाबु प्रसाद चौहान, शंकर प्रसाद रौनियार, शिवजी पटेल, गायक सुदीप चौरसिया लगायत रेडियो पोखरियाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण धर्मेन्द्र चौरसियाले गर्नुभएको थियो। सांस्कृतिक कार्यक्रम तथा रंगीन माहोलले भरिएको यो कार्यक्रम पोखरिया नगरका नागरिकहरूका लागि रमाइलो र ऐतिहासिक क्षण बनेको थियो।

