https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत ३ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडामा प्रहरीले ५४७ किलोग्राम गाँजा बरामद गरेको छ।

आईतबार साँझ ५ बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख. ५८३२ नम्बरको मिनिट्रक जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

प्रहरीका अनुसार ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपेर, रातो प्लास्टिकले बेरेर, पहेँलो र हरियो प्लास्टिकको डोरीले बाँधेर गाँजा लुकाइएको थियो। जाँचपछि ३५ वटा पोका खोल्दा कुल ५४७ किलोग्राम गाँजा बरामद गरिएको हो।

प्रहरीले उक्त मिनिट्रकसहित चालक सलिन मगर (३७ वर्ष), स्थायी ठेगाना सिन्धुपाल्चोक बाह्रबिसे-७, हाल काठमाडौं टोखा ग्रिनल्याण्ड बसोबास गर्ने, लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार