https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत ६ गते ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका कारण महोत्तरी मरुभूमि बन्ने खतरा रहेको प्रदेशसभा सांसद सरोजसिंह कुशवाहाले बताएका छन्।

प्रदेशसभा बैठकमा बुधबार बोल्दै सांसद कुशवाहाले मन्त्री यादवको कार्यशैलीले प्रदेशमा विकास योजनाहरू खरिदबिक्री भइरहेको आरोप लगाए। उनले भने, “मन्त्रीले आफ्नो कार्यशैली नसुधारे महोत्तरी मात्रै होइन, पूरा मधेस नै मरुभूमि बन्नेछ।”

मन्त्रीको मानसिक उपचार गर्न सरकारलाई आग्रह

प्रदेशसभा बैठकमा बोल्दै सांसद कुशवाहाले मन्त्री यादवमाथि कडा टिप्पणी गर्दै भने, “सरकारले सरकारी बजेटबाट मन्त्री यादवको उपचार गराओस्। उहाँ न संविधान बुझ्न चाहनुहुन्छ, न कानुन मान्नुहुन्छ। आफूलाई ब्रह्मा सम्झेर जनताको भाग्य निर्धारण गर्न खोज्नुहुन्छ।”

उनले मन्त्री यादवले समन्वयबिना योजना घोषणा गर्ने प्रवृत्तिको आलोचना गर्दै भने, “महोत्तरी ४ (ख) मा म सांसद हुँ। सरकारलाई धन्यवाद दिन्छु कि मेरो क्षेत्रमा ८० करोड बजेट परेको छ, तर सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन।”

मन्त्री यादवलाई टिकुलियामा लखेटियो

बुधबार महोत्तरीको ‘टिकुलिया–सहसौला’ सडक स्तरोन्नति योजना को शिलान्यास गर्न पुगेका मन्त्री यादवलाई टिकुलिया चोकबाट माओवादी कार्यकर्ताहरूले लखेटेका छन्। उक्त क्षेत्र सांसद कुशवाहाको निर्वाचन क्षेत्र हो।

मन्त्री यादव महोत्तरी ४ (क) बाट निर्वाचित भएका हुन् भने कुशवाहा ४ (ख) बाट। सांसद कुशवाहाले मन्त्री यादवलाई चुनौति दिँदै भने, “यदि उहाँलाई काम गर्नै छ भने मेरो क्षेत्रमा आएर काम गरुन्, म उहाँलाई हेर्छु।”

योजनाको स्वामित्व विवाद

माओवादी संसदीय दलका नेता एवं पूर्वमन्त्री भरत साहले पनि मन्त्री यादवमाथि आरोप लगाउँदै भने, “यो योजना म मन्त्री रहँदा पारित भएको हो, यसको जिम्मेवारी हामीले पाउनु पर्छ।”

योजनाका लागि मधेस प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्री यादवले वडाबाट समिति नबनाई सीधै पालिकाबाट उपभोक्ता समिति गठन गरेर योजना सञ्चालन गर्ने तयारी गरेका थिए। यसै कारण माओवादी कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए।

तनावग्रस्त अवस्था र सुरक्षा परिचालन

टिकुलियामा मन्त्री यादव पुगेपछि माओवादी कार्यकर्ताहरूले विरोध जनाए। अवस्था तनावग्रस्त भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। मन्त्री यादवलाई प्रहरीको सुरक्षा घेराबीच फर्काइयो

सुरक्षाकर्मी र असन्तुष्ट पक्षबीच सामान्य झडपसमेत भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार