https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रौतहट, चैत ९ गते ।
शुक्रबार मध्यराति परेको भीषण असिना पानीले रौतहटका किसानहरूलाई ठूलो क्षति पुर्‍याएको छ। हावाहुरीसहित परेको असिनाले जिल्लाको उत्तरी क्षेत्रका मकै, गहुँ, तरकारी तथा अन्य बालीनाली पूर्ण रूपमा नष्ट भएको छ, जसले किसानहरूलाई गहिरो आर्थिक संकटमा पारेको छ।

चन्द्रपुर, फतुवा विजयपुर, गुजरा र वृन्दावन नगरपालिकाका विभिन्न गाउँहरूमा खेती गर्दै आएका किसानहरू आफ्नो मेहनतले लगाएको बालीनाली एकै रातमा सखाप हुँदा चिन्तित छन्। वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै असिनाले पूरै नष्ट गरेको छ। चन्द्रपुर–१० का किसान अवधलाल राउतको करेसाबारीमा लगाइएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघा क्षेत्रफलको मकैबाली पूर्ण रूपमा नष्ट भएको छ।

बलेरी क्षेत्रका कृषकहरू पनि असिनाबाट नराम्ररी प्रभावित भएका छन्। किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले गरी करिब ५० कठ्ठा क्षेत्रफलमा लगाएको मकै तथा गहुँबाली ध्वस्त भएको छ। वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलका अनुसार बलेरी क्षेत्रमा मात्रै करिब ५ सय विघा जमिनमा लगाइएको मकैबाली पूर्ण रूपमा नष्ट भएको छ।

अचानक आएको विपत्तिले किसानहरू ठूलो आर्थिक मारमा परेका छन्। उनीहरूले संघ, प्रदेश तथा स्थानीय सरकारसँग तुरुन्तै राहत उपलब्ध गराउन आग्रह गरेका छन्। “किसानहरू वर्षभरिको मेहनतको भरमा बाँचेका छन्, तर असिनाले सबै नष्ट गरिदियो। सरकारको सहयोगबिना उनीहरूलाई उठ्न गाह्रो हुनेछ,” समितिका सचिव पटेलले भने।

नेपालमा बारम्बार प्राकृतिक प्रकोपले किसानहरूलाई प्रभावित पार्ने गरेको छ। यस्ता विपत्तिबाट जोगिन दीर्घकालीन योजना बनाउनुपर्ने माग उठ्न थालेको छ। किसानहरूले राहत तथा क्षतिपूर्तिका लागि प्रभावकारी नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार