https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, चैत २० गते ।

महोत्तरी जिल्लाको गौशालामा जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट पुनः कुमारकान्त झा नगर अध्यक्षमा चयन भएका छन्। साथै कुमरकान्त झाको नेतृत्वमा ३५ सदस्यीय नगर कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।

नगर अधिवेशनका दौरान पार्टीको संगठन सुदृढीकरण, आगामी रणनीति, तथा स्थानीय तहमा पार्टीको भूमिका सम्बन्धमा गहन छलफल भएको थियो। सहभागी नेताहरूले जसपा नेपालले स्थानीय तहदेखि केन्द्रसम्म बलियो उपस्थिति जनाउनुपर्नेमा जोड दिएका थिए।

शपथ ग्रहण स्थगित

नगर अधिवेशन सम्पन्न भए पनि नव-निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोह र प्रमाणपत्र वितरण कार्यक्रम स्थगित गरिएको छ। पार्टीका क्षेत्रीय अध्यक्ष तथा गौशाला नगरपालिकाका निर्वाचित नगर प्रमुख डा. दिपेन्द्र महतोकाे हजुरआमाको निधन भएकाले यो निर्णय लिइएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रमेश कुमार महतोले यसबारे जानकारी दिँदै दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरे।

जिल्ला अधिवेशनको तयारी

नगर अधिवेशनमार्फत जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने जिम्मेवारी नगर समितिलाई दिइएको छ। जसपाले जिल्ला तहमा पार्टी संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि नगर तहका प्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहने बताइएको छ।

विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

नगर अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य रमेश कुमार महतो, विशिष्ट प्रदेश कमिटी सदस्य राजनारायण यादव, जिल्ला अध्यक्ष राम प्रगास यादव, प्रदेश सभा समन्वय समिति (ख) का अध्यक्ष योग नारायण महतो, विभिन्न वडाका निर्वाचित अध्यक्षहरू, पार्टीका वडा सभापति तथा इन्चार्जहरू सहित ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जसपा नेपालको संगठनलाई मजबुत बनाउन स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए। साथै, नगर तहमा नव-निर्वाचित कार्यसमितिले आगामी दिनमा पार्टीको नीति, सिद्धान्त, र जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिइयो।

स्थानीय तहमा जसपाको बढ्दो प्रभाव

गौशालामा सम्पन्न नगर अधिवेशनलाई जसपा नेपालको स्थानीय तहमा बढ्दो प्रभावको संकेतका रूपमा हेरिएको छ। गौशालामा यसअघि सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले राम्रो सफलता हासिल गरेको थियो, जसले स्थानीय तहमा जसपाप्रति जनताको विश्वास बढ्दै गएको देखाएको छ।

नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै सहभागी नेता तथा कार्यकर्ताहरूले जसपा नेपाललाई स्थानीय स्तरमा अझ मजबुत बनाउन सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार