https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चमेली सिंह
गाैशाला, चैत २४ गते ।
महोत्तरीकाे जलेश्वर नगरपालिका–३, खैरा स्थित श्री १०८ महावीर झण्डाको समुद्घाटन कार्यक्रम आइतबार भव्यताका साथ सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको यस झण्डाको समुद्घाटन जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

नगरप्रमुख सोनारले खैरालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाको तर्फबाट आवश्यक योजना र बजेट व्यवस्था गरिने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी कवारीले यस्ता कार्यक्रमहरूले धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्न सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी उपरीक्षक पूरन चन्द्र भट्ट, विभिन्न वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी, धर्मगुरु तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समारोहमा झण्डा स्थापनासँगै पूजाआजा, हवन, भजन–कीर्तन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत गरिएका थिए । स्थानीय कलाकारहरूले प्रस्तुत गरेको नृत्य र गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । महिला समूह तथा युवा क्लबहरूद्वारा स्वागत गान र विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएको थियो ।

समाप्त कार्यक्रमपछि आयोजक समितिले स्थापन गरिएको श्री १०८ महावीर झण्डा क्षेत्रलाई धार्मिक केन्द्रको रूपमा विकसित गर्न दीर्घकालीन योजना अघि सार्ने जानकारी दिएको छ। स्थानीयवासीहरूले झण्डा स्थापनाले खैराको धार्मिक पहिचान थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार