https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चमेली कुमारी
गाैशाला, चैत २७ गते ।
महोत्तरीकाे मनरा शिस्वा नगरपालिका वडा नं. ७ स्थित ऐतिहासिक तथा धार्मिक स्थल झिंगास्थानमा पार्वती मन्दिरको निर्माण कार्य प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री माननीय सरोज सिंह कुशवाहाद्वारा विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ ।

मधेश प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरिएको बजेटबाट पार्वती मन्दिर निर्माण हुने भएको हो। स्थानीयको लामो समयदेखिको माग र धार्मिक आस्थालाई सम्मान दिँदै माननीय कुशवाहाको विशेष पहलमा मन्दिर निर्माण कार्य अगाडि बढाइएको हो।

समारोहमा बोल्दै माननीय कुशवाहाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्दिर निर्माण कार्यलाई पारदर्शी र गुणस्तरीय रूपमा सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयहरूले पनि पार्वती मन्दिरको निर्माणलाई स्वागत गर्दै यसले धार्मिक पर्यटनको विकाससँगै झिंगास्थान क्षेत्रको समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष रामनाथ सहनी, वडा सदस्य कौशल्या देवी, जनता समाजवादी पार्टी नेपालका वडा संयोजक शिव नारायण सिंह, साथै स्थानीय नेता नवल किशोर महतो, जामुन महतो, उपेन्द्र साह, विनोद सहनी, जितेन्द्र महतो, रामचन्द्र सहनी, रामकृपाल महतो लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवा र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार