https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २ गते ।
मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धीत जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवापर्व भनेर मनाउने गरेका छन् ।

जुडशितलमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भनेर जलले आशिश दिने गर्छन् । यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिक रूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमाशीतलताको कामना सूर्यको कडा ताप विरूद्ध हुन्छ ।

बैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेकाकारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधन माथि पानी जुराउने गरिन्छ ।

त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ । यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धीत रहेको मिथिला संस्कृतिका जानकार नित्यानन्द मण्डलले बताउनुभयो ।

जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल रहेको उहाँको भनाइ छ । पर्वको अवसरमा सरकारले मधेस प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार