https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

दिपेश कुमार साह
रौतहट, बैशाख २८ गते ।
रौतहट जिल्लाको पहिलो टेलिभिजन संस्था रेड टेलिभिजनका सञ्चालक जय प्रकाश यादवले स्व. धर्मपत्नी रामा यादवको पुण्यतिथिको अवसरमा प्रादेशिक अस्पताल गौरमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्।

शनिबार सम्पन्न कार्यक्रममा सञ्चालक यादवले कोभिड महामारीको समयमा निधन भएकी श्रीमती रामा यादवको सम्झनामा सामाजिक उत्तरदायित्व बोध गर्दै यस्तो पहल सुरु गरिएको बताए । “उहाँको सम्झनामा केही सकारात्मक कार्य गरौं भन्ने उद्देश्यले यो सानो प्रयास गरेका हौं,” यादवले भावुक हुँदै प्रतिक्रिया दिए ।

कार्यक्रम अन्तर्गत अस्पतालका विभिन्न विभागमा भर्ना भएका दर्जनौं बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। अस्पताल प्रशासनले पनि सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस्ता कार्यको प्रशंसा गरेको छ।

स्थानीय स्तरमै सञ्चारको माध्यमबाट जनचेतना फैलाउने उद्देश्यले स्थापना गरिएको रेड टेलिभिजन विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएको छ। सञ्चालक यादवले आगामी दिनहरूमा यस्ता सामाजिक कार्यलाई अझ व्यापक रूपमा विस्तार गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार