नवलपरासी, बैशाख ३० गते ।
सोमबार राति कावासोती-दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भाँच्चिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ ।
नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल भाँच्चिएका कारण राजमार्ग अवरुद्ध भएको हो । पुल थोरै दबिएको हुँदा पूर्व-पश्चिम हिँडेका सयौँ गाडी चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।

‘पुल भाच्चिएको छ त्यहा अनुगमनमा जिल्ला प्रहरी प्रमुख यादव ढकालसहितको टोली गएको छ । राजमार्ग ठप्प छ,’ डीएसपी मधु नेपालले भने ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँच्चिएको ४ महिना पछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।

नारायणघाट बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डको मध्यबिन्दु न.पा. वडा नं. ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भाचीदाँ जोखिम भएकोले पुलबाट आवतजावातमा रोकिदा अवरुद्ध सडक भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मल्टी एक्सल टेलरहरु बाहेकका सवारीहरु पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागि तम्सरिया गाउँबाट हाल (पानि नभएको) खोला तरि रानिटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कने र पश्चिमबाट आएका सवारी साधनको हकमा फुलबारीबाट दक्षिण लागि रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।





