https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, जेष्ठ १२ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालका दुई दर्जनजति पदाधिकारी तथा सदस्यहरूले संगठनमा “झोले प्रवृत्ति” हावी भएको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेहरूमा संगठनका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह, पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँसहितका पत्रकार छन्। उनीहरूले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा उल्लेख भएअनुसार, संगठनमा हैकमवादी प्रवृत्ति, चापलुसी र गुटबन्दी बढ्दै गएको छ। विशेषगरी पर्सा जिल्लामा संस्थापक अध्यक्ष शम्भु श्रेष्ठको पालादेखि नै संगठन दुई गुटमा विभाजित हुँदै आएको र पछिल्लो दुई वर्षयता विवाद झन् बल्झिँदै गएको उल्लेख गरिएको छ।

केन्द्रका निर्णयको कार्यान्वयन नहुँदा असन्तुष्टि

संगठन, प्रचार विभाग र पार्टीमा पटक–पटक उजुरी दिए पनि सुनुवाइ नभएको भन्दै असन्तुष्टि जनाइएको छ। २०८१ माघ ६ गते कार्यवाहक अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा बसेको केन्द्रिय बैठकले पर्सा जिल्लामा रहेका दुई समानान्तर कमिटीलाई विघटन गरी अजय चौरसियाको संयोजकत्वमा आयोजक कमिटी गठन गर्ने निर्णय गरेको थियो। तर, सो निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा कार्यान्वयन नगरेको, विधि–विधानको उल्लंघन गरिएको भन्दै नेतृत्वमाथि प्रश्न उठाइएको छ।

राजीनामा स्वीकृत नहुँदा थप असन्तुष्टि

राजीनामा दिनेहरूका अनुसार २०८२ साल जेठ १ गते नै केन्द्रिय कार्यालयमा राजीनामा बुझाइएको भए पनि हालसम्म आधिकारिक स्वीकृति नआएको र संगठनको नेतृत्व पूर्णरूपमा असक्षम देखिएको भन्दै अन्ततः संगठन त्याग्ने निर्णय लिइएको निवर्तमान अध्यक्ष मियाँले जानकारी दिए।

राजीनामा दिनेहरूको नामावली

राजीनामा दिनेहरूमा दीपक कुशवाहा, राम अनुप यादव, श्रीराम रौनियार, जय कुमार यादव, रामेश्वर चौरसिया, अजय चौरसिया, दीपेन्द्र गिरी, रञ्जित चौरसिया, राकेश जायसवाल, बिरेन्द्र भट्टराई, रोशन कुमार, मयंक गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, विनय कुमार मुखिया, सागर कुमार, दीपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार र जितेन्द्र कुमारलगायत छन्।

पहिले नै उपाध्यक्षको राजीनामा

यसअघि आइतबार मात्र संगठनका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज सुभाष साहले समेत संगठनको गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार