https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, जेष्ठ २० गते ।
नेपालको यु–१९ महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा वर्तमान उप–कप्तान पूजा महतोलाई डिस होमले सम्मानस्वरूप आजीवन निःशुल्क Lifestyle HD प्याकेज प्रदान गर्ने भएको छ । उक्त सेवा उनलाई उनको क्रिकेट क्षेत्रमा गरेको योगदान र समर्पणको कदर स्वरूप प्रदान गरिएको हो ।

सेवा हस्तान्तरण कार्यक्रममा डिस होमका महाप्रबन्धक (जेनरल म्यानेजर) सुनिल थापा, राजस्व प्रमुख (रिभेन्यु हेड) उज्ज्वल न्यौपाने, र बिक्री प्रमुख (सेल्स म्यानेजर) निराजन साह विशेष रूपमा उपस्थित थिए । डिस होमका अधिकृत विक्रेता लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सका प्रोप्राइटर सुभाष गुप्ताका अनुसार, युवा खेलाडी पूजा महतोको प्रतिभा र निरन्तर योगदानलाई सम्मान गर्दै डिस होमले यो सेवा प्रदान गरेको हो ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९, डुमरवनामा स्थायी बसोबास गर्ने महतोले यु–१९ महिला क्रिकेट टोलीको कप्तानको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन् । हाल उनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उप–कप्तानको भूमिकामा सक्रिय रूपमा आबद्ध छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार