गाैशाला, जेष्ठ ३१ गते ।
विश्व रक्तदाता दिवसको अवसर पारेर जानकी एकेडेमी हस्पिटल, पर्सा देवाड, महोत्तरीले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै गरिएको कार्यक्रममा कुल ८३ जनाले स्वेच्छिक रक्तदान गरेका छन् ।
हस्पिटलका व्यवस्थापक संजय यादवका अनुसार, सबै उमेर समूहको उल्लेखनीय सहभागिताले सर्वसाधारणमा रक्तदानप्रति चेतना जगाउने काम गरेको छ । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवकाे प्रमुख अतिथि थिए ।
उहाँको उपस्थितिमा सम्पन्न कार्यक्रममा महोत्तरी क्षेत्रका समाजसेवी, स्थानीय अगुवा, पत्रकार, सुरक्षाकर्मी र सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा जानकी एकेडेमी अस्पतालका चिकित्सक, नर्स, प्राविधिक कर्मचारीहरूका साथै स्थानीय बासिन्दा र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

















