https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



पवन प्रसाद साह
बिरगंज, असार ८ गते ।
नेपाली कांग्रेस पर्साको आयोजनामा बिरगंजमा हुन गइरहेको अगुवा प्रशिक्षण कार्यक्रममा नेपाल प्रेस युनियन पर्साले तीन जनालाई सहभागी गराउने निर्णय गरेको छ ।


बिरगंजमा यहीँ असार १३ र १४ गते कांग्रेस पर्साको आयोजना तथा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम हुदैछ ।


उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा नेपाल प्रेस युनियन पर्साका तर्फबाट इरफान अली, राहुल गुप्ता र बलराम शुक्लालाई सहभागीका रुपमाा पठाउने निर्णय गरिएको प्रेस युनियन पर्साका अध्यक्ष विजय चाौहानले जानकारी दिए । आइतबार बिरगंजस्थित कांग्रेस पार्टी कार्यालयमा बसेको प्रेस युनियन पर्साको बैठकले उक्त निर्णय गरेको उनले बताए ।


चौहानको अध्यक्षता तथा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको विशेष उपस्थितीमा बसेको बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, पूर्वकेन्द्रिय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति ममहमद साहबुद्धिन, प्रेस युनियन पर्साका सचिव इरफान अली, कोषाध्यक्ष कपिलदेव यादव, सदस्यहरु हुकुम सिंह, सन्जय गुप्ता, नूर आलम, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, बलिराम शुक्ला लगायतकाको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार