https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, असार ९ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

गौशालाको १४औँ नगरसभामा नगरप्रमुख डा. दिपेन्द्र महतोले आगामी वर्षको लागि १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

नगरप्रमुख महतोका अनुसार बजेट विभिन्न श्रोतहरूबाट निम्नानुसार संकलन गरिएको छ:

संघीय सरकारको अनुदान: ५० करोड २४ लाख रुपैयाँ

प्रदेश सरकारको अनुदान: २ करोड ५५ लाख १७ हजार रुपैयाँ

राजश्व बाँडफाँड: २० करोड ७ लाख ३८ हजार ३९२ रुपैयाँ

आन्तरिक स्रोत (स्थानीय राजश्व आदि): २७ करोड १५ लाख १०८ रुपैयाँ


यसरी कुल १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गरिएको हो।

नगरप्रमुख महतोले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको जानकारी गराएका छन्। बजेटमार्फत नगरका सबै १२ वडाहरूमा आवश्यक विकास निर्माणका योजनाहरू समेटिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार