https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


दोहा, असार १३ गते ।
नेपाली राजदूतावास, दोहा कतारद्वारा २०८२ असार १३ गते (२७ जुन २०२५) नेपाली श्रमिकहरू, विशेषतः महिला श्रमिकहरूका लागि “सचेतना कार्यक्रम” सम्पन्न गरिएको छ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष, कार्यस्थलको सुरक्षा, कतारको श्रम कानुन, राहदानी कन्सुलर सेवा र रेमिटेन्स पठाउने वैधानिक प्रक्रिया जस्ता विषयमा जनचेतनामूलक सत्रहरू सञ्चालन गरिएकाे थियोे ।

कार्यक्रमको उद्घाटन महामहिम नेपाली राजदूत श्री रमेश चन्द्र पौडेलले गर्नुभएको थियो भने समापन मन्तव्य नियोग उपप्रमुख श्री कुमार राईले दिनुभएको थियो । कार्यक्रमको सहजीकरण श्रम काउन्सेलर श्री सीता दुवाडीले गरेकाे थियोे ।

कतारका विभिन्न कम्पनीहरूमा कार्यरत २०० भन्दा बढी नेपाली श्रमिकहरूको सक्रिय सहभागिता रहेको र यो कार्यक्रमले विदेशमा श्रम गर्ने नेपाली श्रमिकहरूका हकहित र सुरक्षाबारे आवश्यक जानकारी पुर्‍याउने उद्देश्य राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार