गाैशाला, असार २१ गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिका वडा नं. ७ अन्तर्गतको श्री माध्यमिक विद्यालय बखरीभाटमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ । नगर प्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा छात्रछात्राहरूलाई शैक्षिक सामग्रीस्वरूप झोला प्रदान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, विद्यालयका शिक्षकवृन्द, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)का पदाधिकारी, अभिभावकज्यूहरू तथा अन्य स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शिक्षा प्रवर्द्धनका लागि आयोजित यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई विद्यालय परिवार तथा आयोजक पक्षबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।






