https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, साउन १५ गते ।

स्थानीय तहको नीति निर्माणदेखि बजेट वितरणसम्मको प्रक्रियामा सीमान्तकृत तथा दलित समुदायको सक्रिय सहभागिता अनिवार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

दलित विकास मञ्च सिरहाले गोलबजारमा आयोजना गरेको ‘स्थानीय नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्व’ विषयक छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधि र अधिकारकर्मीहरूले समावेशीताको सवालमा ठोस कार्यान्वयनको माग गरे।

कार्यक्रममा गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठले नीति निर्माणको क्रममा सबै वर्गको आवाज सुन्ने र समेट्ने प्रणाली आवश्यक भएको बताए। उनले भने, “प्रतिनिधित्वविहीन बनाउने प्रवृत्तिको अन्त्यका लागि व्यवहारमै समावेशिता देखाउनु जरुरी छ।”

वडा नं. १२ का वडाध्यक्ष विशेन्द्र साहले वडास्तरमै समावेशी सोचका साथ नीति निर्माण गर्नुपर्ने धारणा राखे।

दलित विकास मञ्चका सचिव रामचन्द्र महराले दलित र सीमान्तकृत समुदायलाई नीति निर्माणमा सशक्त रूपमा सहभागी गराउन यो छलफल कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

त्यस्तै, ‘दलित लाइभ्स म्याटर’ अभियानकी संयोजक वृद्धिका सेन्चुरीले पछाडि पारिएका समुदायलाई नीति तहमा स्थान नदिएसम्म सामाजिक न्यायको सवाल अधुरो नै रहने बताइन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार