https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सितल साह
लहान (सिरहा), साउन १६ गते ।
सिरहाको लहान नगरपालिकामा आन्तरिक विवाद झनै चर्किएको छ। नगरपालिकाकी महिला कर्मचारी महेश्वरी चौधरीले उप–प्रमुख तथा कार्यवाहक नगर प्रमुख रामचलितर महतोमाथि कार्यकक्षमै अभद्र व्यवहार गर्दै धम्की दिएको घटना सार्वजनिक भएको छ।

उक्त घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि नगरभित्रै चासो बढेको छ। घटनाको मूल कारण भने एक अनलाइन समाचारलाई मानिएको छ, जसमा मेयर महेश चौधरीको “गर्लफ्रेन्ड” भनेर चर्चा गरिएको थियो। समाचारमा नाम उल्लेख नगरिए पनि महेश्वरी चौधरीले आफैंलाई लक्षित गरिएको भन्दै प्रतिक्रिया जनाउँदै कानुनी उजुरीसमेत दिएकी छन् ।



महेश्वरी चौधरीले उप–प्रमुख महतोमाथि “पत्रकारलाई किन इन्टरभ्यु दिनुभयो?”, “म तपाईंलाई छोड्दिन” भन्ने शैलीमा खुलेआम धम्की दिएकी थिइन्। कर्मचारीहरू लगाएर कारबाही गर्ने चेतावनीसमेत दिएकी उनीप्रति नगरवासीहरू आक्रोशित देखिएका छन्।

महेश्वरी चौधरीको नियुक्तिप्रक्रिया पनि विवादास्पद देखिएको छ। खुला प्रतिस्पर्धाविनै मेयरकै बोर्डबाट नियुक्त गरिएको भन्ने आरोप छ, जसले उनको शक्ति प्रदर्शनको स्रोतबारे प्रश्न उठाएको छ। अहिले मेयर र उप–प्रमुखबीच गम्भीर सत्ता संघर्ष भएको खुलेको छ।

जनताको आवाज अनुसार, यस्तो अभद्र व्यवहारले लोकतान्त्रिक मर्यादालाई अपमानित मात्र होइन, स्थानीय सरकारप्रतिको विश्वासलाई पनि क्षति पुर्याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार